Ipo.aspx merolagani - एनआईसी एशियाको इलाममा शाखा रहित बैंकिङ्ग सेवा

एनआईसी एशियाको इलाममा शाखा रहित बैंकिङ्ग सेवा

Mar 30, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले इलामको मा शुक्रबारदेखि शाखारहित बैंकिङ्ग सेवा सुरुवात गरेको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरे ।

शाखा रहित बैकिङ्ग सेवा सञ्चालनका लागि बैंकले धर्ममणि गौतमलाई प्रतिनिधि नियूक्त गरेको छ । सेवा सुरुवातसँगै ग्रामीण भेगका स्थानीयले आफ्नै प्रतिनिधिद्धारा बैंकिङ्ग कारोवार गर्न सक्नेछन् । 

शाखारहित बैंकिङ्ग प्रणलीबाट निक्षेप खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, मोबाईल, डिस होम, एडिएसएल रिचार्ज गर्ने, महशुल भूक्तानी गर्न तथा कर्जा सम्बन्धी कारोवार र संक्षिप्त बैंक खाता विवरण लिन सकिनेछ ।

बैंकले हालसम्म चार शाखा रहित बैंकिङ्ग सेवा र देशभर १८७ शाखासञ्जालबाट वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ ।

 

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।