Ipo.aspx merolagani - वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, विकास बैंक तथा फाइनान्सले भने घटाए

वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, विकास बैंक तथा फाइनान्सले भने घटाए

Feb 12, 2023 05:15 AM Merolagani

वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेका छन्। माघ महिनामा अधिकतममा ११ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुन महिनामा पनि त्यसैलाई निरन्तरता दिएका हुन्।

बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिने भएका हुन्। मंसिर महिनादेखि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज प्रदान गरिरहेका वाणिज्य बैंकहरुले माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झरेका थिए।

वाणिज्य बैंकहरुले नघटाएपनि, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएका छन्। विकास बैंकहरुले गत शुक्रबारको बैठक अनुसार निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु घटाएका हुन्।  माघ महिनासम्म व्यक्तिगत मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले अब अधिकतममा ११.७५ प्रतिशत ब्याज दिने भएका छन्।

त्यसैगरी, अधिकांश फाइनान्सहरुले अधिकतममा १२.२० प्रतिशत ब्याज दिने भएका छन् भने केहीले १२.५० प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेका छन्।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।