Ipo.aspx merolagani - बैंकहरुले आफै निर्धारण गरे ब्याजदर, कुन बैंकले दिँदैछ सबैभन्दा बढी ब्याज?

बैंकहरुले आफै निर्धारण गरे ब्याजदर, कुन बैंकले दिँदैछ सबैभन्दा बढी ब्याज?

Jul 16, 2023 10:25 AM Merolagani

वाणिज्य बैंकहरुले आफ्नो बैंकको अवस्था अनुसार साउन महिनाका लागि ब्याजदर तोकेका छन्। असार महिनासम्म नेपाल बैंकर्स संघले गरेको सहमति अनुसार ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले साउन महिनादेखि आफ्नै हिसाबले ब्याजदर तोकेका हुन्।

असार महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। जसअनुसार एमएबि बैंकले अन्य बैंकहरुभन्दा बढी ब्याज दिने भएको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिने भएको छ।

यस दिन प्रकाशित सुचना अनुसार एमएबि बैंकले सर्वाधिक १०.९८ प्रतिशत ब्याज दिने भएको छ। बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। त्यसैगरी, बैंकले २ वर्षदेखि १० वर्ष अवधिको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिको निक्षेपमा ९.५० प्रतिशत ब्याज दिने भएको छ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक, र कुमारी बैंकले १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन्। प्राइम कमर्सियल बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने भएको छ भने नबिल बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिने भएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९५ प्रतिशत ब्याज दिने भएको छ। बैंकले असार महिनामा नै ब्याजदर घटाएको थियो। अधिकांश बैंकहरुले ९.९९ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको बेला यस बैंकले भने अधिकतम ब्याजदर १ प्रतिशतविन्दु घटाएर ८.९९ प्रतिशतमा झरेको थियो।

नेपाल बैंकर्स संघले तरलता कम हुन थालेसँगै बैंकहरुविचको अस्वस्थ प्रतिस्पर्धा घटाउन भन्दै भद्र सहमति गरेको थियो। सो पश्चात जेठसम्म बैंकर्स सँघकै निर्णयमा बैंकहरुले ब्याजदर तोक्दै आएका थिए।

अहिले सबै बैंकले एकैखाले ब्यादर भएकोले वित्तीय क्षेत्रमा प्रतिस्पर्धा हुन नसकेको चर्चा भइरहेको अवस्थामा यसले बैंकहरुबीचको प्रतिस्पर्धालाई समेत बढाउने छ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।