Ipo.aspx merolagani - अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति घट्यो?

अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति घट्यो?

Oct 17, 2023 07:11 AM Merolagani

हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सूचना अनुसार १४ बैंकहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन्। त्यसैगरी, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने २ बैंकहरुले ब्याजदर बढाएका छन्।

२० बैंकहरुमध्ये असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने एभरेष्ट बैंक रहेको छ। बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशतविन्दुले घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ। त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ प्रतिशतविन्दुभन्दा बढी ब्याजदर घटाएका छन्।

सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यता नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन्। एनएमबि बैंकको ब्याजदर १.०१३ प्रतिशतविन्दुले बढेको हो।

मेरोलगानी दशैँ बम्पर अफरः एक वर्षको सब्स्क्रिप्सनमा अर्को एक वर्ष फ्री, मूल्यमा पनि भारी छुट

घट्यो औषत ब्याजदर

१४ वटा बैंकहरुले ब्याजदर घटाएसँगै वाणिज्य बैंकहरुको औषत ब्याजदर पनि घटेको छ। असोज मसान्तसम्ममा १०.२६ प्रतिशतविन्दु रहेको यी २० बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर, कात्तिकमा ०.२९ प्रतिशतविन्दु घटेर ९.९६ प्रतिशतविन्दुमा झरेको छ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।