Ipo.aspx merolagani - गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Oct 01, 2023 07:08 AM Merolagani

गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको थियो। अघिल्लो साता २०२९.७८ विन्दुमा रहेको नेप्से, गत साता १.२६ प्रतिशत अर्थात २५.४८ अंक घटेर २००४.३० विन्दुमा झरेको थियो।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो भने एक कारोबार दिन मात्र बढेर बन्द भएको थियो। सो साता मंगलबार नेप्से परिसूचक बढेको थियो।

बिक्रीकर्ता बलियो

गत साता नेप्सेमा बिक्रीकर्ता बलियो देखिएको छ। साप्ताहिक रुपमा नेप्सेले गत साता बियरिश मैनबत्ती बनाएको थियो। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको थियो।

‘पर्ख र हेर’ को अवस्था

हाल नेप्से ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यस साताको लागि नेप्सेको टेवा क्षेत्र १९६० देखि १९९० सम्म रहेको छ भने प्रतिरोध क्षेत्र २०९० देखि २१२० सम्म रहेको छ।

बलियो भोल्यूम

नेप्से घटेपनि गत साता भोल्यूम भने बलियो देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ४० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३९.२८ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि रहेको छ। यसले गत साता नेप्से घटेपनि बुलिश प्रवृत्ति कायम रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी केही घटेको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus