Ipo.aspx merolagani - गत साता करिब ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता करिब ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Nov 05, 2023 06:42 AM Merolagani

गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको थियो। दशैं अघिको साता १९०३.८४ विन्दुमा बन्द भएको नेप्से, गत साता २.९५ प्रतिशत अर्थात ५६.१४ अंक घटेर १८४७.७० विन्दुमा झरेको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो। सो साताको दोस्रो कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो।

सपोर्ट जोन नजिकै

गत साता नेप्से ओरालो लागेर सपोर्ट जोन नजिकै बन्द भएको छ। यस साताका लागि नेप्सेको सपोर्ट जोन १८१० देखि १८४० को क्षेत्र रहेको छ। यो एक बलियो टेवा क्षेत्र हो। यस अघि पनि नेप्सेले पटक पटक सो क्षेत्रमा टेवा पाएर उकालो लागिसकेको छ। यस साता नेप्से उकालो लागेमा १९५० देखि १९८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको थियो। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती नै बनाएको थियो। यसले सो दिन र सो साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि शून्य रेखाभन्दा तल रहेको छ। यसले बजार हाल बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्से घटेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा कुल ७६ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब २७ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४०.१५ प्रतिशत कम हो।

बिक्रीचाप कम हुँदै

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनबाट न्यूट्रल जोनमा पुगेको छ। यसले बजारमा खरिदबिक्रीचाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

यसकारण बजारमा आयाे राैनक, अब बजार बढ्ने नै हाे त ?

Nov 26, 2023 03:22 PM

साताको पहिलो कारोबार दिन बजारमा आज उछाल आएको छ । आज बजार बढेर १९०७‍.९५ विन्दुमा पुगेकाे छ । यसअघि बजारका लागि सकारात्मक समाचारहरु आए पनि खासै उत्साह आउन सकिरहेको थिएन ।