गत साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ३ कारोबार दिन घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। गत साताको सोमबार र बुधबार नेप्से सामान्य अंक घटेको थियो।
टेवा नजिक
गत साता नेप्से परिसूचक टेवा विन्दु नजिकै बन्द भएको छ। यस साता नेप्से परिसूचक ओरालो लागेमा १९२६.६७ विन्दुमा टेवा पाउने देखिन्छ। यस अघि पनि नेप्सेले सोही विन्दुमा टेवा पाएर उकालो लागेको थियो। त्यसैगरी, यस साता नेप्स उकालो लागेमा २०४०.२८ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
बिक्रीकर्ता हाबी
साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले बजारमा सो दिन खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम
गत साता नेप्सेसँगै भोल्यूम पनि कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ४८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषतमा ४.९ प्रतिशत कम हो।

बजार घट्ने संकेत
साताको अन्तिम कारोबार दिन एमएसिडीमा नेप्सेले बियरिश क्रशओभर बनेको छ। एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा बजार घट्ने संकेत गर्दछ।

बिक्रीचाप बढ्दै
गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरसोल्ड जोनतर्फ गइरहेको देखिन्छ। यसले बजारमा बिक्रीचाप बढ्दै गएको संकेत गर्दछ।

(यस कम्पनी विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)