यस साता कम्पनीको शेयरमूल्य ३५ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३३९ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
प्रतिरोध क्षेत्र तोडेर उकालो लाग्यो
यत साता कम्पनीको शेयरमूल्यले गत साताको प्रतिरोध क्षेत्र तोडेर उकालो लागेको छ। यस साता नेप्सेले ३५८ को प्रतिरोध ‘ब्रेक आउट’ गरेको हो। यससँगै सो विन्दु आगामी साताको लागि टेवा विन्दु बन्नेछ। आगामी साता कम्पनीको शेयरमूल्यले ३९५ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता बलियो
यस साता साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने कम्पनीको शेयरमूल्यले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेनपनि अन्तिम समयमा भने बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्युम
यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता दैनिक औषतमा १६ हजार ४११ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ५ हजार ६२८ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १९२ प्रतिशत बढी हो।

बुलिश प्रवृत्तिमा
प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै सकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा माथि रहेको छ। एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी बढ्ने क्रममा रहेको छ भने हिस्टोग्रामको उचाई पनि बढीरहेको छ।

खरिद चाप बढ्दै
स्टकास्टिक आरएसआई अनुसार कम्पनीको शेयरमा पछिल्लो समय खरिदचाप बढ्दै गएको देखिन्छ।

वित्तीय अवस्था
गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्री मार्फत १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोड ८ लाख ७१ हजार रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ करोड ३६ लाख १४ हजार रुपैयाँ मात्र थियो।
विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नाफा पनि धनात्मक हुन पुगेको छ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड ४६ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ११ लाख १३ हजार रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ करोड ४६ लाख ऋणात्मकबाट ८ करोड ३६ लाख रुपैयाँ धनात्मक भएको छ।
४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७८ पैसा रहेको छ भने बुकभ्यालु ९१ रुपैयाँ २ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात १३४.५३ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ४.११ गुणा रहेको छ।

आधारभूत अवस्था
हाल नेप्सेमा कम्पनीको ४० लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४८४ रुपैयाँ ७० पैसा रहेको छ भने न्यून मूल्य २७० रुपैयाँ १० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३५० रुपैयाँ १९ पैसा रहेको छ।

कम्पनीले २०७८ चैत १० गतेदेखि ४.९९३ मेगावाटको तादी खोला जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन गरी नियमित रुपमा विद्युत बिक्री गर्दा आइरहेको छ। आगामी वर्षमा पनि कम्पनीले सो आयोजनाको व्यवस्थापनको विश्लेषण गर्दै व्यवसायिक रुपले सक्षम तरिकाबाट सञ्चालन गरी अधिकाधिक विद्युत उत्पादन गरी बिक्री गर्ने योजना बनाएको छ।
ब्रोकर ६९ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ६९ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ भने सर्वाधिक बिक्री गर्नेमा ब्रोकर नम्बर २८ रहेको छ। ६९ ले यस साता कम्पनीको ५ हजार १६२ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ६ ले ३ हजार ७८३ कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर २८ ले भने कम्पनीको ८ हजार ३९६ कित्ता शेयर बिक्री गरेको छ।

ग्रीड जोनतर्फ जाँदै
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनमा रहेको छ। यद्यपि, यो विस्तारै ग्रीड जोनतर्फ ढल्किदै छ। यसले लगानीकर्ताहरुमा कम्पनीको शेयरमूल्य बढ्छ भन्ने आशा पलाउन थालेको संकेत गर्दछ।

(यस कम्पनी विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)