Ipo.aspx merolagani - ‘पर्ख र हेर’ को अवस्थामा सोल्टी होटलका शेयरधनी, हेरौँ कम्पनी विश्लेषण

‘पर्ख र हेर’ को अवस्थामा सोल्टी होटलका शेयरधनी, हेरौँ कम्पनी विश्लेषण

Nov 04, 2023 05:55 PM Merolagani

यस साता १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा कम ०.४७ प्रतिशत मात्र घटेको छ।

दशैं अघि ४८७०.४० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २३ अंक घटेर ४८४७.४० विन्दुमा झरेको हो। सोही उपमूहका होटलहरुमध्ये एक होटल हो सोल्टी होटल लिमिटेड (SHL) ।

 

‘पर्ख र हेर’ को अवस्था

सोल्टी होटलको शेयर अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यस साता होटलको शेयरमूल्य ४ रुपैयाँ बढेको छ। दशैं अघि ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको यस होटलको शेयर, यस साता ४०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता होटलको शेयरमूल्य बढेमा ४१५ देखि ४३० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा ३६५ देखि ३७५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

ट्रेण्ड रिभर्सलको संकेत

यस साताको अन्तिम कारोबार दिन होटलको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साप्ताहिक रुपमा भने होटलको शेयरमूल्यले ह्यामर मैनबत्ती बनाएको छ। ४ वटा रातो मैनबत्तीपछि बनेको यस ह्यामरले आगामी दिनमा ट्रेण्ड रिभर्सलको संकेत गर्दछ। अर्थात आगामी साता होटलको शेयरमूल्य बढ्न सक्ने संकेत गर्दछ।

कमजोर भोल्यूम

होटलको शेयरमूल्य सामान्य बढेपनि, यस साता भोल्यूम भने कम रहेको छ। यस साता दैनिक औषतमा होलको ३३ हजार ५४९ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन होटलको २० दिने औषत भोल्यूम ५४ हजार ५९८ कित्ता रहेको छ। २० दिने औषत भोल्यमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम ३८.५५ प्रतिशत कम हो।

बुलिश हुन खोज्दै

यस साता होटलको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल र हिस्टोग्राम शून्य रेखाभन्दा तल रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी घटेको छ। आगामी साता एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले होटलको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

बिक्रीचाप बढी

यस साता होटलको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा शेयर बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा होटलले ५४ करोड ५१ लाख ५४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३० करोड १६ लाख रुपैयाँ नाफा कमाएको यस होटलले सो अवधिसम्ममा खुद नाफा ८० प्रतिशतले बढाएको हो।

सो अवधिसम्ममा कम्पनीले सञ्चालनमार्फत २ अर्ब २४ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। गत असार मसान्तसम्ममा होटलको कुल खर्च १ अर्ब ५६ करोड ५१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा होटलको सञ्चालन मुनाफा ३३ करोड ३७ लाख रुपैयाँबाट बढेर ६८ करोड ४० लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा होटलको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १६ पैसा रहेको छ। सो अवधिसम्ममा होटलको बुकभ्यालु २३ रुपैयाँ ६८ पैसा रहेको छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा होटलको मूल्य आम्दानी अनुपात ६५.२६ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १६.९८ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा होटलको ८ करोड ८४ लाख ५१ हजार ५०६ कित्ता शेयर सूचीकृत छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा होटलको कुल बजार पूँजीकरण ३५ अर्ब ५६ करोड ५५ लाख ४५ हजार ४१२ रुपैयाँ रहेको छ।

होटलको १८० दिने औषत मूल्य ४१५ रुपैयाँ ८६ पैसा रहेको छ। त्यसैगरी, होटलको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५३६ रुपैयाँ रहेको छ भने न्यून मूल्य २०० रुपैयाँ १० पैसा रहेको छ।

ब्रोकर नम्बर ६७ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ६७ ले होटलको सबैभन्दा बढी १७ हजार ५६१ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, सर्वाधिक १४ हजार ६४४ कित्ता शेयर बिक्री गरेको ब्रोकर नम्बर ५८ ले यस साता होटलको १६ हजार ९९१ कित्ता शेयर खरिद गरेको छ।

मूल्य घट्ने डर कम हुँदै

फियर एण्ड ग्रीड मिटरका होटलको मूल्य अहिले फियर जोनबाट विस्तारै न्यूट्रल जोनतर्फ जाँदै गरेको देखिन्छ।। यसले लगानीकर्ताहरुमाझ होटलको शेयरमूल्य घट्छ भन्ने डर कम हुँदै गएको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषका लागि प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सकबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus