सो साता बैंकको शेयरमूल्य ११ रुपैयाँ ५० पैसा बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन ५३१ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, सो साताको बिहीबार ५४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।
सपोर्ट जोनबाट फर्कियो
सो साता बैंकको शेयरमूल्य सपोर्ट जोनबाट फर्किएको छ। साताको पहिलो कारोबार दिन नै बैंकको शेयरमूल्य ५१० रुपैयाँसम्म झरेको थियो। यो मूल्य पछिल्लो ५२ हप्ताकै न्यून हो। सो साता बैंकको शेयरमूल्यले ५१५ देखि ५३० को क्षेत्रमा टेवा पाएर माथि उक्लिएको हो। आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ५८० देखि ६०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता बलियो
साप्ताहिक रुपमा दशैं अघिको साता बैंकको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।
कमजोर भोल्यूम
शेयरमूल्य बढेपनि सो साता बैंकको भोल्युम भने घटेको छ। सो साता बैंकको दैनिक औषतमा ४९ हजार ८०७ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै बैंकको २० दिने औषत भोल्यूम ८० हजार २८३ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३७.९६ प्रतिशत कम हो।

नकारात्मक क्षेत्रमा एमएसिडी
दशैं अघिको अन्तिम साता बैंकको एमएसिडी नकारात्मक क्षेत्रमा रहेको छ। साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखा दुबै शून्य रेखाभन्दा तल रहेको छ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि शून्य रेखाभन्दा तल रहेको छ। यसले बैंकको शेयरमूल्य अहिले बियरिश ट्रेण्डमा रहेको संकेत गर्दछ। यद्यपि बैंकको एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी घट्दै गएको छ।

बिक्रीचाप बढी
साताको अन्तिम कारोबार दिन बैंकको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। २० स्केलभन्दा तल रहेको यस आरएसआईले बैंकको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.३५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.३८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ९.५६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.४५ प्रतिशत बढेको छ।
बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९ प्रतिशत बोनस शेयर वितरण गरेको छ। सो बोनस शेयर समायोजन पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा बैंकको जगेडा कोषमा १८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ सञ्चित छ।

समायोजित चुक्तापूँजीका आधारमा बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बुकभ्यालु २२१ रुपैयाँ २५ पैसा रहेको छ। दशैं अघिको अन्तिम बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको पीई रेशियो १७.४ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.४५ गुणा रहेको छ। त्यसैगरी, बैंकको आरओई १४.०९ प्रतिशत रहेको छ।
प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा बैंकको शेयरमूल्य बियरिश ट्रेण्डमा रहेको देखिन्छ।

आधारभूत विश्लेषण
हाल नेप्सेमा बैंकको १४ करोड ९१ लाख ७५ हजार ६६९ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ७४० रुपैयाँ ९३ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ८६१ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य ५१० रुपैयाँ रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ८० अर्ब ९२ करोड ७८ लाख ५९५ रुपैयाँ २५ पैसा रहेको छ।

ब्रोकर नम्बर २८ बाट सर्वाधिक खरिद
फ्लोरसिट विश्लेषण गर्दा दशैं अघिको अन्तिम साता ब्रोकर नम्बर २८ ले बैंकको सर्वाधिक शेयर खरिद गरेको छ भने सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर ४ नम्बर रहेको छ। ब्रोकर नम्बर २८ ले सो साता बैंकको २८ हजारभन्दा बढी कित्ता शेयर खरिद गरेको छ। ब्रोकर नम्बर ४ ले भने सो साता बैंकको ७४ हजार कित्ताभन्दा बढी शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर
फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरुमाझ बैंकको शेयरमूल्य घट्छ भन्ने डर रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)