Ipo.aspx merolagani - कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Oct 30, 2023 05:45 AM Merolagani

कुमारी बैंक लिमिटेड (KBL) ले कात्तिक २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १३ गते) अन्तिम दिन रहेको छ। बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर पाइने ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ मा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

comments powered by Disqus

यी हुन् २०० रुपैयाँ मुनिका कम्पनीहरु, सस्तो ट्रेडिङ शेयरमा आँखा लगाउने कि ?

Feb 03, 2024 06:00 PM

पटक पटकको प्रयासपछि पनि नेप्से परिसूचकले २२ सयको विन्दु पार गर्न सकेको छैन । छैटौ प्रयासमा नेप्से परिसूचकले इन्ट्रा डेमा २२ सय भन्दा माथि जान सफल भए पनि बजार बन्द हुँदा अन्तत गत माघ ३ गते २१ सय ६३ विन्दुमै आए बन्द भयो ।