Ipo.aspx merolagani - यी हुन् २०० रुपैयाँ मुनिका कम्पनीहरु, सस्तो ट्रेडिङ शेयरमा आँखा लगाउने कि ?

यी हुन् २०० रुपैयाँ मुनिका कम्पनीहरु, सस्तो ट्रेडिङ शेयरमा आँखा लगाउने कि ?

Feb 03, 2024 06:00 PM MeroLagani

पटक पटकको प्रयासपछि पनि नेप्से परिसूचकले २२ सयको विन्दु पार गर्न सकेको छैन । छैटौ प्रयासमा नेप्से परिसूचकले इन्ट्रा डेमा २२ सय भन्दा माथि जान सफल भए पनि बजार बन्द हुँदा अन्तत गत माघ ३ गते २१ सय ६३ विन्दुमै आए बन्द भयो ।

अहिले नेप्से परिसूचक २१ सयको मनोबैज्ञानिक प्रतिरोध भन्दा पनि तल गइसकेको छ। २२ सयको नजिक हुँदा वाणिज्य बैंक बाहेकका शेयरहरु २ सय मुनि पाउन छोडेको थियो भने अहिले पुनः केही कम्पनीहरु २ सय भन्दा पनि तल्लो मूल्यमा कारोबार हुन थालेका छन्।

बिहीबार बजार बन्द हुँदासम्म नेप्सेमा सूचीकृत २ सय ४९ कम्पनीमध्ये १५ वटा कम्पनी २ सय रुपैयाँ मुनि कारोबार भइरहेका छन्। नेपालको पछिल्लो शेयर बजारमा इन्भेष्टर्स भन्दा पनि ट्रेडर हावी छन्। कम्पनीको आधारभूत पक्ष हेरेर त्यसको प्रतिफल लक्षित लगानी भन्दा पनि छोटो समयको लागि लगानी गर्ने तिनीहरुको उद्देश्य हुन्छ। यसैको परिणती स्वरुप वित्तीय विवरण एकदमै खराब भएका, न्यून चुक्ता पुँजी भएका, प्रति शेयर आम्दानी र नेटवर्थ नकारात्मक भएका कम्पनीहरुलाई नै ट्रेडरको रोजाइमा पर्ने गरेका छन्।

२ सय भन्दा मुनिका १५ वटा कम्पनीमध्ये ८ वटा कम्पनीहरु वाणिज्य बैंक समूहका परेका छन्। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंंकको चुक्ता पुँजी ८ अर्ब बनाउन थालेर सोही अनुसार चुक्ता पुँजी पुगेपछि भने बैंकको प्रतिफलमा गिरावट आउन थालेको हो। झन बिग मर्जरबाट २० अर्ब भन्दा माथिको चुक्ता पुँजी पुगेपछि भने बैंकको वार्षिक प्रतिफल समेत घट्न थालेको छ। उच्च चुक्ता पुँजी भएको वाणिज्य बैंकहरुमा लगानीकर्ताको मात्रै होइन, ट्रेडरको समेत रोजाईमा पर्न छोडेको छ। सूची अनुसार कुमारी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छे बैंक, एनएमबी बैंक र ग्लोबल आईएमई बैंकको शेयर मूल्य अहिले २ सय रुपैयाँभन्दा मुनि कारोबार भइरहेको छ।

बैंकबाहेकका कम्पनीमा ६ वटा हाइड्रोपावर र १ वटा लगानी समूहको कम्पनी अहिले २ सय रुपैयाँभन्दा मुनि बसेर कारोबार भइरहेको छ। वाणिज्य बैंक इतरका सस्ता कम्पनीहरुमा भने ट्रे्डरले यदाकदा आँखा लगाउने गरेका छन्। हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, अरुण काबेली पावर र अपि पावर कम्पनी अहिले २ सय भन्दा मुनि कारोबार भइरहेका छन्। प्रतिफल केही नदिए पनि वाणिज्य बैंकको तुलनामा कम चुक्ता पुँजी भएका यस्ता कम्पनीहरुमा ट्रेडरहरु हावी हुने गरेका छन्।

यसै वर्ष चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हिमाल दोलखा हाइड्रोपावर हकप्रदको बुकक्लोज पछि १ सय १५ रुपैयाँसम्म कारोबार भए पछि पछिल्लो समय नेप्से परिसूचक बढ््दा १ सय ६० रुपैयाँको हाराहारीमा समेत कारोबार भएको थियो। छोटो समयमा नै धेरै मूल्यमा उतारचढाव हुने यस्तै कम्पनीहरुमा ट्रेडरहरुको रोजाईमा पर्ने गरेको छ।

५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको नेसनल हाइड्रोपावर पनि पछिल्लो समय २ सय मुनि नै कारोबार भइरहेको छ। पुरानो कम्पनी भए पनि कुनै पनि लाभांश नदिने कम्पनीमा पर्छ नेसनल हाइड्रोपावर। एक दशकभन्दा पुरानो यो कम्पनीले अहिलेसम्म एकपटक मात्रै १८ दशमलब ५ प्रतिशत बोनस शेयर र शून्य दशमलब ९७५ प्रतिशत नगद लाभांश गरेर १९.५ प्रतिशत लाभांश दिएको इतिहास छ। पछिल्लो दुइटै बुलमा यो कम्पनीको शेयर मूल्य ५ सय रुपैयाँभन्दा माथि बसेर कारोबार हुन सफल भएको थियो।

विगत केही महिनादेखि २ सय मुनि नै कारोबार भइरहेको अर्को शिवश्री हाइड्रोपावर पनि हकप्रद शेयर लगायतको फन्डाले चल्ने गरेको छ। नेप्से परिसूचक २२ पुग्दा २ सयसम्म पुगेको यो कम्पनी अहिले पुुनः १ सय ८० रुपैयााको हाराहारीमा कारोबार हुन थालेको छ। कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

२ सय मुनिकै हाइड्रोमा ट्रेड गर्न रुचाउने ट्रेडरको अर्को मनपर्ने शेयरमा पर्छ घलेम्दी हाइड्रो। हालै १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको यो कम्पनी हकप्रदको बुक क्लोज अगाडि २ सय ३० रुपैयाँसम्म पनि कारोबार भएको थियो। नेप्से २२ सयको हाराहारीमा कारोबार हुँदै गर्दा पनि २ सय माथि नै कारोबार भएको घलेम्दी अहिले भने १ सय ८० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ।

नेप्से ३२ सय हुँदा ८–९ सय रुपैयाँसम्ममा कारोबार भएको अपी पावर र अरुण काबेली हाइड्रोपावर पनि अहिले २ सय मुनि कारोबार भइरहेको छ। हरेक वर्ष ५ देखि १० प्रतिशत लाभांश समेत दिने यी दुवै कम्पनीहरु अहिले ट्रेडरको रोजाईमा पर्ने कम्पनी हुन। केही दिन अगाडिसम्म २ सय माथि कारोबार हुँदै गरेको दुवै कम्पनी अहिले भने २ सय मुनि कारोबार हुन थालेको हो।

त्यस्तै लगानी समूह अन्तर्गतकाे हाइड्राेइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) पनि २ सय मुनि काराेबार भइरहेकाे छ। १ बराबर १ काे अनुपातकाे हकप्रद निष्काशनपछि लगातार घट्दै गएर २ सय मुनि काराेबार हुन थालेकाे याे कम्पनी पनि कुनै बेला ट्रेडरकाे मनपर्ने शेयरमा पर्छ।

comments powered by Disqus

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।