Ipo.aspx merolagani - १२ बैंकले दिए लाभांश, ७ बैंकले दिएनन्, लाभांश घोषणा गर्न बाँकी कृषि विकास बैंकले के गर्ला ?

१२ बैंकले दिए लाभांश, ७ बैंकले दिएनन्, लाभांश घोषणा गर्न बाँकी कृषि विकास बैंकले के गर्ला ?

Feb 06, 2024 11:42 AM Merolagani

२० वटा वाणिज्य बैंक मध्ये १२ वटाले शेयरधनीहरुलाई लाभांश वितरण गरे । तर, अहिलेसम्म लाभांश वितरण गर्न नसक्ने बैंकको संख्या ७ पुगेको छ । लाभांश घोषणा गर्न अब कृषि विकास बैंक मात्र बाँकी छ । उक्त बैंकले लाभांश वितरण हो कि होइनन्, त्यो भने अझै अनिश्चित छ ।

कृषि विकास बैंकका शेयरधनीहरु लाभांश पाउने अपेक्षा गरिरहेका छन् । तर, उक्त बैंकले शेयरधनीलाई लाभांश वितरण गर्नेमा शंका व्यक्त गरिदै आएको छ ।

सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्यले समेत ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत बैंक भने होइन् ।

नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये अझै एउटाले आर्थिक वर्ष २०७९-८० का लागि लाभांश घोषणा गर्न बाँकी छ । अहिलेसम्म ११ वटाले वितरण गरिसकेका छन् भने ७ वटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

वाणिज्य बैंकमध्ये एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ र सिटिजन्स बैंकले लाभांश दिएका छन् ।

लाभांश नबाँड्ने निर्णय गर्ने वाणिज्य बैंकहरुमा प्राइम, हिमालयन, एनएमबी, कुमारी, नेपाल बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

सबैभन्दा बढी एनआइसी एसिया बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सबैभन्दा कम लाभांश सिद्धार्थ बैंकको छ । यो बैंकले ४.२१ प्रतिशत नगद लाभांश मात्रै दिएकोछ ।

विगतका वर्षहरुमा नगद र बोनस ‘दुवै’ दिने चलन यसपाली कम भएको छ । सायद कम लाभांश वितरण गर्ने क्षमता भएकाले नगद र बोनस शेयर दिन उपयुक्त नभएकाले पनि कि नगद कि त बोनस मात्रै दिएको हुनुपर्छ । यसपाली वाणिज्य बैंकहरुले कि नगद कि त बोनस मात्रै दिएका छन् । नगद र बोनस दुवै दिने वाणिज्य बैंकहरु कम देखिएका छन् ।

चारवटा वाणिज्य बैंकले मात्र नगद र बोनस दुवै दिएका छन् । एभरेष्ट बैंक, एसबिआई, ग्लोबल आइएमई र सानिमा बैंकले मात्र नगद र बोनस दुवै लाभांश दिएका छन् ।

एभरेष्टले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ ।

यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको छ ।

एसबिआई बैंकले चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गरेको छ । सोमध्ये ३.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ ।
यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडले ९ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर दिएको छ ।

यी चार बैंक बाहेक बाँकी ७ बैंकले कि नगद कि त बोनस मात्रै दिएका छन् । नबिल, सिटिजन्स, स्ट्यान्डर्ड चार्टड र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै वितरण गरेका छन् ।

नबिल बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ। यसैगरी, सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिएको छ ।

बोनस मात्रै लाभांश वितरण गर्नेमा एनआईसी एशिया, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंक मात्रै रहेका छन् । माछापुच्छ्रे बैंकले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको छ । एनआइसी एशियाले २९ प्रतिशत बोनस शेयर दिएको छ ।

यसैगरी, लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा ७ प्रतिशत बोनस वितरण गर्ने र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

comments powered by Disqus

यी हुन् २०० रुपैयाँ मुनिका कम्पनीहरु, सस्तो ट्रेडिङ शेयरमा आँखा लगाउने कि ?

Feb 03, 2024 06:00 PM

पटक पटकको प्रयासपछि पनि नेप्से परिसूचकले २२ सयको विन्दु पार गर्न सकेको छैन । छैटौ प्रयासमा नेप्से परिसूचकले इन्ट्रा डेमा २२ सय भन्दा माथि जान सफल भए पनि बजार बन्द हुँदा अन्तत गत माघ ३ गते २१ सय ६३ विन्दुमै आए बन्द भयो ।