Ipo.aspx merolagani - नेशनल लघुवित्तले घोषणा गर्यो लाभांश

नेशनल लघुवित्तले घोषणा गर्यो लाभांश

Feb 06, 2024 09:59 AM Merolagani

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

माघ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

यी हुन् २०० रुपैयाँ मुनिका कम्पनीहरु, सस्तो ट्रेडिङ शेयरमा आँखा लगाउने कि ?

Feb 03, 2024 06:00 PM

पटक पटकको प्रयासपछि पनि नेप्से परिसूचकले २२ सयको विन्दु पार गर्न सकेको छैन । छैटौ प्रयासमा नेप्से परिसूचकले इन्ट्रा डेमा २२ सय भन्दा माथि जान सफल भए पनि बजार बन्द हुँदा अन्तत गत माघ ३ गते २१ सय ६३ विन्दुमै आए बन्द भयो ।