Ipo.aspx merolagani - पिपुल्स पावरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Dec 04, 2023 10:15 AM Merolagani

पिपुल्स पावर लिमिटेड (PPL) ले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। हकप्रद शेयर निष्काशन अनुमति माग्न कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएको छ।

कम्पनीले आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न र लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी र्सिजना गरी राष्ट्रिय पूँजी वृत्ति गर्न आवश्यक रकम संकलन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ।

कम्पनीले कोशी प्रदेश, इलाम जिल्लास्थित ४.९६ मेगावाटको पुवा २ जलविद्युत आयोजनाबाट २०७९ मंसिर १२ गतेदेखि नियमित विद्युत उत्पादन तथा वितरण गर्दै आइरहेको छ।

comments powered by Disqus