Ipo.aspx merolagani - सातामा सामान्य अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा सामान्य अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Dec 09, 2023 06:53 AM Merolagani

यस साता नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। गत साता १८५८.५३ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.६७ अंक घटेर १८५२.७७ विन्दुमा झरेको छ।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ३.८० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ।

यस साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने २ कारोबार दिन बढेको छ। यस साताका अन्तिम दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

यस साता नेप्से घटेपनि दैनिक औषत कारोबार रकम भने सामान्य बढेको छ। गत साता १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ५३ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.५३ प्रतिशत बढेको हो। यस साता नेप्सेको दैनिक औषत शेयर संख्या ५.५९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १३.०२ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.१२ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ६५ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३ अर्ब घटेर २८ खर्ब ६२ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा र जीवन बीमा उपसमूहका परिसूचक बढेको हो। यी दुई उपसमूहको परिसूचक यस साता क्रमशः २.४१ प्रतिशत र २.२० प्रतिशत बढेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २३७.५२ अंक बढेको छ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशत घटेको छ। गत साता ४८६५.८३ विन्दुमा रहेको सो उपसमूहको परिसूचक, यस साता १५४.१९ अंक घटेर ४७११.६४ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा एक कम्पनीको १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर सूचीकृत भएको छ। यस साता उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक २०.०५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता युनाइटेट अजोड इन्स्योरेन्सको शेयरमूल्य १०.२७ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने १० प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य सर्वाधिक १८.६४ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता माउन्टेन इनर्जीको शेयरमूल्य १८ प्रतिशतभन्दा बढी घटेको छ भने स्वाभिमान लघुवित्तको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषणका आधारमा यस साता बरुण हाइड्रोपावर, सिन्धु विकास बैंक, धौलागिरी लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर, शिवम् सिमेन्ट्स, अरुण काबेली लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

किन बढ्यो एक्कासी कारोबार रकम, यस्तो छ कारण, बढेको कारोबार रकमले बढ्दो लय समाउला ?

Dec 07, 2023 04:02 PM

अढाई महिना पछि बिहीबार एक्कासी कारोबार रकम बढेर २ अर्ब  ७९ करोड रुपैयाँमा उक्लियो। यो अढाई महिना यताकै सबैभन्दा बढी कारोबार हो।