Ipo.aspx merolagani - नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

Dec 10, 2023 02:33 PM Merolagani

नेप्से १११.२० अंकले बढ्दा पनि यी दुई ‘अभागी’ कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।

आज उपकार लघुवित्त वित्तको ०.४२ प्रतिशतले र कालिका लघुवित्तको ०.०५ प्रतिशतले शेयर मूल्य घटेको हो । यी दुई बाहेक अरु सबै कम्पनीको शेयर मूल्य बढेको छ । आज नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको छ।

उपकार लघुवित्तले गत वर्षको नाफाबाट लाभांश वितरण गर्न नसक्ने सूचना आज (आइतबार) मात्र आएकाले शेयर मूल्य घट्न पुगेको हो । उपकार लघुवित्तको गत बिहीबार बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्न नसक्ने निर्णय गरेपछि यसको शेयर मूल्य घट्न पुगेको हो ।

comments powered by Disqus

नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

Dec 10, 2023 02:33 PM