Ipo.aspx merolagani - २० मध्ये लाभांश दिने कित्तामा १२ बैंक, नदिनेमा ५, लाभांश घोषणा गर्न बाँकी प्रभु, इन्भेष्टमेन्ट र कृषि विकास बैंक कुन कित्तामा उभिएलान ?

२० मध्ये लाभांश दिने कित्तामा १२ बैंक, नदिनेमा ५, लाभांश घोषणा गर्न बाँकी प्रभु, इन्भेष्टमेन्ट र कृषि विकास बैंक कुन कित्तामा उभिएलान ?

Jan 01, 2024 05:57 PM Merolagani

अहिलेसम्म १२ वाणिज्य बैंकहरुले क्षमता अनुसार लाभांश घोषणा गरे । तर, ५ वाणिज्य बैंकले भने लाभांश वितरण गर्न नसक्ने भनेर ‘हात’ उठाए ।

अझै पनि ती वाणिज्य बैंक लाभांश वितरण गर्न बाँकी रहेका छन् । लाभांश घोषणा गर्न बाँकी प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंक कुन कित्तामा उभिएलान ? त्यो भने हेर्न बाँकी नै छ ।

प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकका शेयरधनीहरु लाभांश पाउने अपेक्षा गरिरहेका छन् । तर, यी तीनवटा बैंकले शेयरधनीलाई लाभांश वितरण गर्नेमा शंका व्यक्त गरिदै आएको छ ।

सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्यले समेत ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत बैंक भने होइन् ।

नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये अझै ३ वटाले आर्थिक वर्ष २०७९-८० का लागि लाभांश घोषणा गर्न बाँकी रहेको छ । अहिलेसम्म ११ वटाले लाभांश घोषणा गरिसकेका छन् भने ५ वटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

वाणिज्य बैंकमध्ये एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ र सिटिजन्स बैंकले लाभांश दिने भएका छन् ।

लाभांश नबाँड्ने निर्णय गर्ने वाणिज्य बैंकहरुमा प्राइम, हिमालयन, एनएमबी, कुमारी र नेपाल बैंक रहेका छन् ।

कसकाे कति लाभा‌ंश

उक्त आर्थिक वर्षका लागि सबैभन्दा बढी एनआइसी एसिया बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश रहेको छ । सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सिद्धार्थ बैंक रहेको छ । यो बैंकले ४.२१ प्रतिशत नगद लाभांशमात्रै घोषणा गरेको छ।

 विगतका वर्षहरुमा नगद र बोनस ‘दुवै’ दिने चलन यसपाली कम भएको छ । सायद कम लाभांश वितरण गर्ने क्षमता भएकाले नगद र बोनस शेयर दिन उपयुक्त नभएकाले पनि कि नगद कि त बोनस मात्रै दिएको हुनुपर्छ । यसपाली वाणिज्य बैंकहरुले कि नगद कि त बोनस मात्रै दिएका छन् । नगद र बोनस दुवै दिने वाणिज्य बैंकहरु कम देखिएका छन् ।

चारवटा वाणिज्य बैंकले मात्र नगद र बोनस दुवै दिएका छन् । एभरेष्ट बैंक, एसबिआई, ग्लोबल आइएमई र सानिमा बैंकले मात्र नगद र बोनस दुवै लाभांश दिएका छन् ।

एभरेष्टले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ ।

यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको छ ।

एसबिआई बैंकले चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये ३.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ ।

यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

यी चार बैंक बाहेक बाँकी ७ बैंकले कि नगद कि त बोनस मात्रै दिएका छन् । नबिल, सिटिजन्स, स्ट्यान्डर्ड चार्टड र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै वितरण गरेका छ ।

नबिल बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

यसैगरी, सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिएको छ ।

बोनस मात्रै लाभांश वितरण गर्नेमा एनआईसी एशिया, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंक मात्रै रहेका छन् । माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ । माछापुच्छ्रे बैंक र एभरेष्ट बैंकको बोनस शेयर समेत नेप्सेमा सूचीकरण भएको छ । एनआइसी एशियाले २९ प्रतिशत बोनस शेयर दिएको छ ।

यसैगरी, लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस वितरण गर्ने र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।