Ipo.aspx merolagani - ६ कम्पनीको शेयरमूल्य समायोजन

६ कम्पनीको शेयरमूल्य समायोजन

Dec 29, 2023 06:58 AM Merolagani

पुस १३ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन हिमालयन डिष्टिलरीको १० प्रतिशत, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत, घोराही सिमेन्ट्सको १५ प्रतिशत, सपोर्ट लघुवित्तको १३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १० प्रतिशत र राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात हिमालयनको शेयरमूल्य १ हजार ७२५ रुपैयाँ ४५ पैसा, साना किसानको ८८८ रुपैयाँ ३२ पैसा, घोराहीको ५०२ रुपैयाँ ६१ पैसा, सपोर्ट लघुवित्तको ९५५ रुपैयाँ ७५ पैसा, आत्मनिर्भरको १ हजार ६५९ रुपैयाँ ९ पैसा र राधी विद्युतको २२८ रुपैयाँ ६४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, हिमालयन डिष्टिलरीको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार ८९८ रुपैयाँ, साना किसानको १ हजार १४ रुपैयाँ ९० पैसा, घोराहीको ५७८ रुपैयाँ, सपोर्टको १ हजार ८० रुपैयाँ आत्मनिर्भरको १ हजार ८२५ रुपैयाँ र राधीको २३९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

हिमालयन डिष्टिलरी (HDL) ले पुस २५ गते बुधबार, लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले १० प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, राधी विद्युत कम्पनी (RADHI) ले पुस २९ गते, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। वेबिनारबाट उपस्थित हुन सकिने सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४।७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

आत्मनिर्भर लघुवित्त (ANLB) ले भने पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

घोराही सिमेन्ट (GCIL) ले पनि पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं। १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजवना गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यसैगरी, सपोर्ट लघुवित्त (SMB) पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेल लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साना किसान लघुवित्त (SKBBL) ले पुस २९ गते, कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४।२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।