Ipo.aspx merolagani - मंसिरसम्ममा बैंकहरुले कमाए साढे २८ अर्ब नाफा, नबिलको झण्डै ३ अर्ब, अन्यको कति?

मंसिरसम्ममा बैंकहरुले कमाए साढे २८ अर्ब नाफा, नबिलको झण्डै ३ अर्ब, अन्यको कति?

Jan 14, 2024 04:52 PM Merolagani

मंसिरसम्ममा बैंकहरुले साढे २८ अर्ब रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंसिरसम्ममा २० वटा बैंकले कुल २८ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएका हुन्।

बैंकहरुले मंसिर १ महिनामा मात्रै ७ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएका छन्। कात्तिक अन्तिमसम्ममा २० अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले मंसिरसम्ममा २८ अर्ब बढी नाफा कमाएका हुन्।

  • नबिल बैंकको नाफा सबैभन्दा धेरै

मंसिरसम्ममा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। बैंकले पाँच महिनामा २ अर्ब ६९ रुपैयाँ नाफा कमाएको हो।

यस्तै ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ।

प्राइम बैंकले १ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआइसी एशिया बैंकले १ अर्ब ८५ करोड र हिमालयन बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका छन्।

मंसिरसम्ममा कृषि विकास बैंकले सबैभन्दा कम १२ करोड रुपैयाँ नाफा कमाएको छ भने सिद्धार्थ बैंकले ६२ करोड र नेपाल एसबिआई बैंकले ७० करोड रुपैयाँ नाफा कमाएको छ।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।