Ipo.aspx merolagani - साल्ट ट्रेडिङ्गको बोनस शेयर घोषणा

साल्ट ट्रेडिङ्गको बोनस शेयर घोषणा

Jan 11, 2024 10:08 AM Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै कम्पनीले सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ।

पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।