Ipo.aspx merolagani - सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा राख्ने पक्राउ

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा राख्ने पक्राउ

Jan 17, 2024 04:54 PM Merolagani

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा अपलाेड गरेकाे आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने बलात्कारकाे कसुरमा दोषी ठहर भएपछि पीडितको भन्दै केहि तस्वीरहरु सामाजिक संजालमा छताछुल्ल भएका थिए । जसपश्चात पीडितले केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

प्रहरीले संखुवासभाका ३२ वर्षका केशरमान राईलाई पक्राउ गरेकाे हाे । प्रहरीको साइबर ब्यूरोले राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसुरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत गरेको छ ।

प्रहरीका अनुसार पीडितको तस्वीर सामाजिक संजालमा राख्ने अरूकाे समेत खोजी भइरहेको छ । 

comments powered by Disqus

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।