Ipo.aspx merolagani - अपर तामाकोशीको कट अफ प्राइस सोमबारसम्म आउने,बुधबारसम्म सम्बन्धित आवेदककै खातामा पैसा फिर्ता हुने

अपर तामाकोशीको कट अफ प्राइस सोमबारसम्म आउने,बुधबारसम्म सम्बन्धित आवेदककै खातामा पैसा फिर्ता हुने

Jan 17, 2024 01:14 PM MeroLagani

अपर तामाकोशी हाइड्रोपावरको लिमिटेडले गरेको लिलामी शेयरको कट अफ प्राइस सोमबारसम्म सार्वजनिक हुनेछ । कम्पनीको लिलामी शेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार उपनिर्देशक नारायण घिमिरेले आवेदन संकलन गर्ने कार्य भइरहेको बताए । उनले भने ‘आजसम्म सबै आवेदन स‌ंकलन गरेर भाेलि सूचना  निकाल्ने याेजना छ ।‘

उनले  अगाडि भने –‘सबै आवेदन संकलन भएमा भोलि बिहीबार सूचना निकालेर पर्सी शुक्रबारदेखि लिलामी शेयरको सिलबन्दी बोलपत्र फर्म खुला हुनेछ । ३० हजार जनाको आवेदन परेको हुँदा आइतबारसम्म फर्म खोल्न समय लाग्नेछ । सम्भवतः लिलामीको कटअफ मूल्य सोमबारसम्ममा सार्वजनिक हुनेछ ।’

योजना अनुसार सबै कार्य भए लिलामीको शेयर भर्ने लगानीकर्ताले शेयर हात पार्न नसकेमा बुधबारसम्म सम्बन्धित आवेदककै खातामा पैसा फिर्ता हुने उनले बताए ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १ बराबर १ को अनुपातमा निष्काशन गरेको हकप्रद शेयरको लिलामीमा ७ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको थियो । कम्पनीले हकप्रद शेयर आह्वान गर्दा नबिकेको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर लिलामीमा राखेको थियो । गुड फर पेमेन्ट समेतको रकम थपिँदा यो रकम अझै बढ्ने छ ।

comments powered by Disqus

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।