Ipo.aspx merolagani - १ अर्ब ७० कराेडकाे लिलामीमा राखिएकाे अपर तामाकोशीको शेयरमा चेकबाहेक ७ अर्ब रुपैयाँको आवेदन

१ अर्ब ७० कराेडकाे लिलामीमा राखिएकाे अपर तामाकोशीको शेयरमा चेकबाहेक ७ अर्ब रुपैयाँको आवेदन

Jan 16, 2024 05:08 PM MeroLagani

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १ बराबर १ को अनुपातमा निष्काशन गरेको हकप्रद शेयरको लिलामीमा ७ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।

कम्पनीले हकप्रद शेयर आह्वान गर्दा नबिकेको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर लिलामीमा राखेको थियो । पुस २९ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेकोमा बैंक खातामा मात्रै ७ अर्ब रुपैयाँ जम्मा भएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार उप निर्देशक नारायण घिमिरेले बताए । ‘गुड फर पेमेन्ट चेक बाहेक अपर तामाकोशीको लिलामी शेयरको लागि सो रकम जम्मा भएको हो ।’–उनले भने । लिलामीको लागि ३० हजारभन्दा बढीको आवेदन परेको छ ।

काठमाडौं बाहिरबाट आवेदन दिएको सबै आवेदन जम्मा भएपछि लिलामी खोलिने उनले बताए । उनले माघ १० गतेसम्ममा अपर तामाकोशीको लिलामी शेयर खुल्ला गरिने जानकारी दिए ।

comments powered by Disqus

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।