Ipo.aspx merolagani - यसकारण अपर तामाकोशी ‘उर्लियो’

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM Merolagani

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।

लिलाममा ल्याएको शेयर भर्ने अन्तिम दिनदेखि बढ्न सुरु गरेको अपर तामाकोशीको शेयर निरन्तर बढ्दै गएको छ । लिलाममा ल्याइएको शेयर न्यूनतम मूल्यमा खरिद गर्न तल झारिएको थियो । तर, अहिले लिलामको शेयर भर्ने समय सकिएकाले बढाइएको एक लगानीकर्ताले बताए ।

अपर तामाकोशीले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्रीमा ल्याएको थियो । सो शेयर खरिदका लागि पुस २९ गतेसम्म शिलबन्द बोलपत्र पेश गर्न सकिने व्यवस्था गरेको थियो ।

लिलामी ल्याएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको थियो । सो शेयर खरिद गर्न न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्ने र अधिकतममा कुनै हद तोकिएको थिएन ।

अपर तामाकोशीको १ अर्ब २७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री नभएपछि लिलाममा ल्याएको थियो ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर मात्र बिक्री भएको थियो । बाँकी १ अर्ब २६ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर अपर तामाकोशी हाइड्रोपावरले लिलामीमा ल्याएको थियो ।

यसरी संकलित रकम कम्पनीले ऋण चुक्ता गर्ने र केही रकम भने कम्पनीले प्रबद्र्धन गरिरहेको रोल्वालिङ हाइड्रोपावरमा लगानी गर्ने जनाएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गतभदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रुपैयाँ अंकित दरको हकप्रद शेयर निष्कासन गरेको थियो ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि.(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो शेयर अनुपातमा हकप्रद शेयर बापतको रकम शत प्रतिशत चुक्ता गरिसकेका थिए । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन् । कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने थियो ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रियबीमा संस्थानको २-२ प्रतिशत संस्थापक शेयर रहेको छ । शेयर स्वामित्व अनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख २१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशतसाधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ । लिलामीमा ल्याइएको शेयर बापतको रकम संकलन पछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।