Ipo.aspx merolagani - यसकारण लक इन पिरियड सकिएपछि बढ्यो चन्द्रागिरी हिल्सको शेयर मूल्य, सर्वसाधारण बेखबर

यसकारण लक इन पिरियड सकिएपछि बढ्यो चन्द्रागिरी हिल्सको शेयर मूल्य, सर्वसाधारण बेखबर

Jan 25, 2024 06:08 PM merolagani

गत माघ ८ गतेदेखि लक इन पिरियड खुल्ने भनिएको चन्द्रागिरी हिल्सको शेयर माघ ९ गतेदेखि खुल्यो। खुलेको दिन थोरै घटेको कम्पनीको मूल्य सोही दिन सर्किट लागेर बढ्यो।

लक इन पिरियड सकिएपछि कम्पनीको मूल्य ३० प्रतिशतसम्म घट्ने अनुमान बजारमा गरिएको थियो। तर उक्त अनुमान सर्वसाधारणले फेल गराइदिए। अहिले पनि कम्पनीको शेयरमा आकर्षण घटेको छैन। दोस्रो बजार घट्दो क्रममा रहे पनि कम्पनीको शेयर मूल्य भने खुलेकै दिनदेखि बढ्दाे क्रममा छ।

दोस्रो बजारमा कारोबारलाई मिहिन रुपमा अध्ययन गर्दा कम्पनीको शेयर सप्लाई निक्कै कम छ। त्यसमा पनि कम्पनीका ठूला संस्थापकको शेयर दोस्रो बजारमा आएको छैन। दैनिक कारोबारको फ्लोर सिटमा निक्कै साना कित्ता मात्रै कारोबार हुँदै आएका छन्। ठूलो कित्ताको कारोबार निक्कै न्यून छ। कम्पनीका ठूला संस्थापकको शेयर अहिले पनि पिजि (पर्सनल ग्यारेन्टी) मा रहेका कारण ठूलो कित्ता बजारमा नआएको दोस्रो बजारका एक जानकारले बताए।

उनका अनुसार कुनै पनि प्रोजेक्ट सुरु गर्दा बैंकबाट ऋण लिइन्छ। कम्पनीसँग प्रपोजल बाहेक खासै धितो राख्ने कुरा हुँदैन। तर कम्पनीका नाममा बैंकले ऋण प्रवाह गर्छ। बैंकले ऋण प्रवाह गर्दा उक्त कम्पनीका ठूला संस्थापक को हुन् भनेर खोज्ने गर्छन्। तिनै संस्थापकको ग्यारेन्टी बैंकले माग्छ। ग्यारेन्टी माग्ने भने ती संस्थापकले उक्त कम्पनीमा कति शेयर धारण गरेका छन्। त्यही शेयरलाई ग्यारेन्टीका रुपमा लिन्छ। ग्यारेन्टीको रुपमा लिएको शेयर लक गरेर बैंकले राख्छ। जबसम्म कम्पनीले बैंकको सबै ऋण चुक्ता गर्दैन। तबसम्म उक्त शेयर लक नै भएर बस्छ। त्यस आधारमा पनि अहिले चन्द्रागिरीका ठूला संस्थापकको शेयर पिजि मै छ। त्यसकारण दोस्रो बजारमा आएको छैन। सोही कारण ठूलो कित्ताको शेयर कारोबार नदेखिएको हो।

अहिले दोस्रो बजारमा कर्मचारी, प्रभावित र सर्वसाधारणको शेयर  मात्रै शेयर आइरहेको छ। कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता निष्कासन गरेको हो। जसमा ४ प्रतिशत कर्मचारीहरूका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी रहेको १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। प्रभावित क्षेत्रका स्थानीयले ३ लाख ६ हजार ८१९ कित्ता शेयर पाएका थिए।

प्रभावितले पाएको र कर्मचारीले लिएको शेयर अहिले दोस्रो बजारमा थपिएको हो। अरू संस्थापकको धेरै शेयर बजारमा नआउँदा कम्पनीको शेयर सप्लाइ कम रहेका कारण लगानीकर्तामा आकर्षण देखिएको हो। तर आम सर्वसाधारणले भने लक इन पिरियड खुल्दा समेत संस्थापकले शेयर बिक्री नगरेको भन्दै कम्पनीको शेयरमा झुम्मिँदै आएका छन्।

comments powered by Disqus

कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

Jan 22, 2024 06:33 AM

हिमालयन रिइन्स्योरेन्स कम्पनी (HRL) को शेयर कारोबारले अहिले शेयर बजारमा तहल्का मच्चाएको छ । विवादका बीच केही दिन अघि १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आईपीओ बिक्री गरेको कम्पनीको अहिले दोस्रो बजारमा दैनिक रुपमा मूल्य बढेर लाखौं कित्ता किनबेच भइसकेको छ ।