Ipo.aspx merolagani - हाथवेबाट शेयर खेलाडीले ‘हात’ झिकेपछि......

हाथवेबाट शेयर खेलाडीले ‘हात’ झिकेपछि......

Jan 24, 2024 01:09 PM Merolagani

हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयर मूल्य १ हजार १ सय १३ रुपैयाँसम्म पुगेको थियो । तर, अहिले ९ सय ३५ रुपैयाँमा आइपुगेको छ ।

हाथवेको शेयर मूल्य पहिलाको तुलनामा प्रतिकित्ता करिव २ सय रुपैयाँले घटिसकेको छ । निरन्तर रुपमा बढ्दै गएको हाथवेको शेयर मूल्य घट्नुलाई ठूला शेयर खेलाडीले हात झिकेकालाई लिने गरिएको छ ।

उच्चतम मूल्य पुर्याएर ठूला खेलाडीले बिक्री गरेकोले अहिले हाथवेको शेयर मूल्य निरन्तर ओरालो लाग्न पुगेको एक लगानीकर्ताले बताए ।

अंकित मुल्य ५० रुपैयाँको शेयर १ हजार १ सय २३ रुपैयाँसम्म पुगेपछि हाथवे इन्भेष्टमेन्ट केही लगानीकर्ताले राम्रै नाफा कमाएका थिए । गत आर्थिक वर्षको नाफाबाट हाथवेले १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त बोनस लाभांश हात पार्न पनि लगानीकर्ताले उच्च मूल्यमा शेयर खरिद गरेका थिए । हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणलाई २ करोड ३४ लाख कित्ता शेयर जारी गरेको थियो ।

पहिलो कारोबारको लागि नेप्सेले ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । पहिलो कारोबार नै २८५ रुपैयाँ २७ पैसाबाट सुरु भएको थियो । पछि घटेर २७९ रुपैयाँसम्म आएको थियो ।

केही समय पहिलासम्म हाथवेको शेयर किन्न धेरै झुम्मिएका थिए । अहिले भने उक्त शेयर किन्न लगानीकर्ता त्यति इच्छुक देखिएका छैनन् । जसका कारण शेयर मूल्य निरन्तर ओरालो लाग्दै गएको छ ।

comments powered by Disqus

कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

Jan 22, 2024 06:33 AM

हिमालयन रिइन्स्योरेन्स कम्पनी (HRL) को शेयर कारोबारले अहिले शेयर बजारमा तहल्का मच्चाएको छ । विवादका बीच केही दिन अघि १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आईपीओ बिक्री गरेको कम्पनीको अहिले दोस्रो बजारमा दैनिक रुपमा मूल्य बढेर लाखौं कित्ता किनबेच भइसकेको छ ।