Ipo.aspx merolagani - कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

Jan 22, 2024 06:33 AM Merolagani

हिमालयन रिइन्स्योरेन्स कम्पनी (HRL) को शेयर कारोबारले अहिले शेयर बजारमा तहल्का मच्चाएको छ । विवादका बीच केही दिन अघि १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आईपीओ बिक्री गरेको कम्पनीको अहिले दोस्रो बजारमा दैनिक रुपमा मूल्य बढेर लाखौं कित्ता किनबेच भइसकेको छ ।

एउटै ब्रोकरबाट शेयर मूल्य बढेर १५ लाख कित्ता भन्दा बढी शेयर खरिद भएको छ भने त्यस ब्रोकरमार्फत निकै कम शेयर मात्रै बिक्री भएको अवस्था छ ।

हिमालयन रिइन्स्योरेन्सको शेयर गत बिहीबारदेखि मात्रै खुल्ला आपूर्ति हुन थालेको हो । बिहीबार हिमालयन रिको शेयर बढेर ६६१ रुपैयाँ र घटेर ५ सय ५८ रुपैयाँसम्म थियो । बुधबारसम्म ७० हजार कित्ताभन्दा बढी कारोबार भए पनि अप्पर सर्किट लेभलमै बजार बन्द भएको थियो । बिहीबार हिमालयन रिको ३० लाख ४४ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएकोमा एउटै कम्पनीले १० लाख कित्ता भन्दा बढी शेयर खरिद गरेको फ्लोर सिटमा देखिएको छ । एक हप्ताको हिमालयन रिको होल्डिङ हेर्दा १५ लाख कित्ता भन्दा बढी शेयर ब्रोकर नम्बर ५५ सँग रहेको छ । अन्य ब्रोकरमार्फत खरिदको तुलनामा बिक्री नै बढी भएकाले स्वभाविक कारोबार छ ।

हिमालयन रि को एउटै ब्रोकरबाट यति धेरै शेयर बढेको मूल्यमा कसले र किन उठाए भन्ने प्रश्न बजारमा उठेको छ । दुई बर्ष अगाडि स्थापना भएको कम्पनीले हालै भारतबाट समेत पुनर्विमा व्यवसाय प्राप्त गर्ने स्वीकृती पाएको आधारमा मात्रै यति धेरै कित्ता शेयर खरिद गर्न कुनै व्यापारिक घराना उत्साहित भएको मान्न सकिदैन । १५ लाख ४३ हजार कित्ताको सरदर मूल्य ६१० रुपैयाँले ९४ करोड हुन आउँछ, जुन एउटै ब्रोकरमार्फत गरिद गर्ने सर्बसाधारण लगानीकर्ताको मात्रै क्षमताको कुरा पक्कै होइन । कुनै व्यापारिक घरानाले नै सो शेयर उठाएको अनुमान सहजै गर्न सकिन्छ ।

दोस्रो बजारमा शुरुमा ३०९ रुपैयाँबाट कारोबार शुरु भएको यस कम्पनीको सेयर मूल्य आइतबार ७०९ सम्म पुगेर फर्किएको छ । सर्वसाधारणको हातमा दुई करोड ४९ लाख कित्ता शेयर रहेको अवस्थामा ५० लाख कित्ता कारोबार हुँदा एउटै ब्रोकरबाट १५ लाख कित्ता हात पारिनुलाई संयोग मात्र मान्न नसकिने जानकारहरु बताउँछन् ।

स्रोतका अनुसार कम्पनीले निकट भबिष्यमा बार्षिक साधारण सभा आब्हान गर्दा सर्बसाधारण शेयरधनीको तर्फबाट निर्वाचित गरिने दुई जना संचालकको प्रोक्सीका लागि यति धेरै शेयर कुनै व्यापारिक घरानाले खरिद गरेको हुनसक्छ । लाखौं सर्बसाधारणको हातमा रहेको शेयरबाट संचालक निर्वाचन गर्नु धेरै झंझटिलो हुने र कम्पनीको संस्थापकहरुले चाहे अनुसारका पब्लिक संचालकहरु नआउने संभावना हुने हुँदा अहिले नै शेयरको महत्वपूर्ण हिस्सा जम्मा पार्न थालिएको हुनसक्छ । मूल्य उचाल्ने नियतले मात्रै यति धेरै शेयर सूचीकरण रहेको कम्पनीको कारोबार सम्भव छैन र उचाले पनि दीर्घकालीन रुपमा धारण गर्न चुनौतिपूर्ण हुनसक्छ किनभने २५० कारोबार दिन नभएको कुनै पनि कम्पनीको शेयरलाई बैंक तथा बित्तीय संस्थाले कर्जा दिदैनन् ।

शेयर बजारमा आज आइतबार हिमालयन रि को शेयर मूल्य ४.४ प्रतिशतले बढेर ६८२ मा बन्द भयो । ८ लाख २७ हजार कित्ता शेयर ५६ करोड ७९ लाखमा खरिद बिक्री भयो ।

comments powered by Disqus

अझै पनि बिग मर्जर नै गर्ने तयारीमा वाणिज्य बैंकहरु, यी ६ बैंकले पारित गरे मर्जरका एजेन्डा

Jan 17, 2024 06:16 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेको वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् ।