Ipo.aspx merolagani - युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

Jan 28, 2024 11:03 AM Merolagani

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले फागुन ६ गते, आइतबार, अनमोल ब्याङ्गवेड शंखमुल, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

हाथवेबाट शेयर खेलाडीले ‘हात’ झिकेपछि......

Jan 24, 2024 01:09 PM

हाथवे इन्भेष्टमेन्ट कम्पनी (HATHY) को शेयर मूल्य १ हजार १ सय १३ रुपैयाँसम्म पुगेको थियो । तर, अहिले ९ सय ३५ रुपैयाँमा आइपुगेको छ ।