Ipo.aspx merolagani - देउवा पुत्र जयवीर सिंघले शिवानासँग गरे विवाह

देउवा पुत्र जयवीर सिंघले शिवानासँग गरे विवाह

Feb 05, 2024 05:32 PM Merolagani

कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर सिंघले कभर गायिका शिवाना श्रेष्ठसँग लगनगाँठो कसेका छन् । आइतबार उनीहरूले एक भव्य तामझामका साथ विवाह गरेका हुन् ।

देउवा र आरजुका जयवीर एक्ला छोरा हुन् । यस्तै, शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् । २८ वर्षिय जयवीर र शिवानाको टिकाटालो जेठको पहिलो सातामा भएको थियो ।

उनीहरूको विवाह भोज भद्रकालीस्थित आर्मी अफिसर क्लबमा फागुन २ गते हुने भएको छ। विवाहको पार्टीमा आउँदा फूल माला, खादा र उपहार नल्याउन निम्तालुलाई देउवा परिवारले अनुरोध गरेको छ।

comments powered by Disqus

यी हुन् २०० रुपैयाँ मुनिका कम्पनीहरु, सस्तो ट्रेडिङ शेयरमा आँखा लगाउने कि ?

Feb 03, 2024 06:00 PM

पटक पटकको प्रयासपछि पनि नेप्से परिसूचकले २२ सयको विन्दु पार गर्न सकेको छैन । छैटौ प्रयासमा नेप्से परिसूचकले इन्ट्रा डेमा २२ सय भन्दा माथि जान सफल भए पनि बजार बन्द हुँदा अन्तत गत माघ ३ गते २१ सय ६३ विन्दुमै आए बन्द भयो ।