Ipo.aspx merolagani - विनोद चौधरी सुटुक्क भारत प्रस्थान, चौधरीको मुद्धाले राजनीतिक रुप लिदैं

विनोद चौधरी सुटुक्क भारत प्रस्थान, चौधरीको मुद्धाले राजनीतिक रुप लिदैं

Feb 07, 2024 06:31 PM Merolagani

बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा पक्राउ परेका भाई अरूण चौधरी हिरासतमुक्त भएको केही घण्टा नवित्तै कांग्रेस सांसद विनोद चौधरी बुधबार साँझ सुटुक्क दिल्ली प्रस्थान गरेका छन् । उनी छोरा राहुललाई लिएर अहिले साँझ ५ बजे इण्डिगो एयरको जहाजबाट दिल्ली उडेको बताइएको छ ।

बाँसबारी छाला जुत्ताको जग्गा प्रकरणमा केन्द्रिय अनुसन्धान व्युरोले छानबिनको लागि बोलाउने चर्चा चलिरहेकै बेला उनी सुटुक्क भारत प्रस्थान गरेका हुन् । अब उनी यो प्रकरणको टुंगो नलाग्दासम्म नेपाल फर्किने सम्भावना कमै रहेको छ ।

स्रोतका अनुसार उनले देश छोड्न लागेको औपचारिक जानकारी आफ्नो पार्टी नेपाली कांग्रेस र सभामुख देवराज घिमिरेलाई पनि दिएका छैनन् । संसद बैठक चलेको बेला कुनै सांसद देश बाहिर जानु पर्ने अवस्थामा सम्वन्धित पार्टी र सभामुखलाई जानकारी दिनु पर्ने प्रचलन छ । तर, भाई पक्राउ पर्नुको साथै आफूमाथि पनि छानबिन भइरहेको सुईको पाएपछि विक्षिप्त बनेका चौधरीले कसैलाई जानकारी दिएका छैनन् ।

‘कुनै नेतालाई व्यक्तिगत रुपमा जानकारी दिनुभएको भए हामीलाई थाहा हुने कुरा भएन, तर संसदीय दलमा औपचारिक रुपमा त्यसबारेमा कुनै जानकारी आएको छैन,’ कांग्रेस संसदीय दलका एक पदाधिकारीले मेरो लगानीलाई भने ।

राजनीतिक विश्लेषकहरु अरुण चौधरी पक्राउ र विनोद चौधरी लगायतका व्यक्तिमाथि छानिबिन प्रकरण अब ‘राजनीतिक दाउपेचको विषय’ बन्ने बताउँछन् । नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ता चौधरीको पक्राउपछि सत्ता नेतृत्व गरिरहेको माओवादी पार्टी उद्योगी व्यापारी र कांग्रेसका नेता कार्यकर्तालाई तर्साएर आफ्नो स्वार्थ पुरा गराउन उद्यत रहेको भन्दै प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनु पर्ने आवाज उठाइरहेका छन् । उता, माओवादी नेतृत्व भने सरकारको काममा अवरोध गरे, अरु पनि नेता कार्यकर्ता माथि छानबिन गर्ने र एमालेसँग मिलेर सरकार टिकाउने धम्की दिइरहेको गठवन्धनका नेताहरु बताउँछन् । 

त्यसमाथि चौधरी भारत जानुले यो मुद्धालाई लिएर उनले भारतको संस्थापन पक्षलाई माओवादी नेतृत्वको विरुद्ध उचाल्न सक्ने सहजै अनुमान गर्न सकिन्छ । चौधरीको भारतको सत्तारुढ पार्टी, भारतीय जनता पार्टीका थुप्रै नेताहरु र धार्मिक गुरुहरुसँग समेत राम्रो सम्पर्क छ ।

comments powered by Disqus

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Feb 08, 2024 08:23 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २५ गते) अन्तिम दिन रहेका छ।