Ipo.aspx merolagani - नाफासँगै प्रतिशेयर आम्दानी पनि बढाउन सफल सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

नाफासँगै प्रतिशेयर आम्दानी पनि बढाउन सफल सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

Feb 12, 2024 10:39 AM Merolagani

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६४.०६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३० करोड १ लाख रुपैयाँ थियो।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा ११७.३४ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १३२ प्रतिशत बढेको छ भने खुद दाबी खर्च २२३.७९ प्रतिशत र कुल खर्च १४०.४५ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७२ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ४ पैसा बढी हो। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ ३६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३१ गुणा रहेको छ।

२ अर्ब ८० करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १७ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७६ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।