Ipo.aspx merolagani - शिखर इन्स्योरेन्सको नाफा करिब स्थिर, ईपीएस घट्यो

शिखर इन्स्योरेन्सको नाफा करिब स्थिर, ईपीएस घट्यो

Feb 12, 2022 08:52 AM Merolagani

शिखर इन्स्योरेन्स (SICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब स्थिर रहेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६६ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि सामान्य मात्र बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७६ करोड २२ लाख रुपैयाँ संकलन गरेको छ। समीक्षा अवधिमा कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ११.४९ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७ हजार १५१ दाबीबापत ८५ करोड ३३ लाख रुपैयाँ खुद भुक्तानी गरेको छ भने १५ हजार ३४६ दाबीबापत २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३५ रुपैयाँ १३ पैसाबाट ७ रुपैयाँ ४९ पैसा घटेर २७ रुपैयाँ ६४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको यस्तो आम्दानी घटेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी २७.९४ प्रतिशत बढेको छ भने जगेडा कोष २३.८५ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६५.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ९७ पैसा रहेको छ।

comments powered by Disqus

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

Jan 26, 2024 11:31 AM

ऋण तिर्नलाई समेत हकप्रद शेयर निष्काशन गर्न दिएपछि अधिकांश हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । चालु आवमा ५ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ भने हकप्रद निष्काशन गर्न सेबोन पुगेका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी नै छन् ।