Ipo.aspx merolagani - एउटै अफिसमा काम गर्ने महिलालाई बलात्कार गरेकाे आरोप लागेपछि..

एउटै अफिसमा काम गर्ने महिलालाई बलात्कार गरेकाे आरोप लागेपछि..

Feb 14, 2024 04:36 PM Merolagani

काठमाडौं जिल्ला अदालतका एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । आफ्नै सहकर्मीमाथि बलात्कार गरेकाे आराेपमा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरिएकाे हाे ।

 गजमेरलाई माघ २८ गते ललितपुर प्रहरीले नियन्त्रणमा लिएको हो। बलात्कारको जाहेरी पाएपछि नै प्रहरीले गजमेरलाई पक्राउ गरेकाे हाे । 

ती महिला र गजमेर पाटन उच्च अदालतमा सँगै कार्यरत थिए । ती  कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाउँदै उजुरी दिनेले २०७७ देखि गजमेरसँग चिनजान रहेको बताएकी छिन् । उनले गत साउनमा अन्तिम पटक आफू बलात्कारमा परेको समेत उल्लेख गरेकी छिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।