Ipo.aspx merolagani - दोस्रो बजारमा दैनिक कति जनाले गर्छन् शेयर कारोबार ? नेप्सेको डेटा यस्तो छ

दोस्रो बजारमा दैनिक कति जनाले गर्छन् शेयर कारोबार ? नेप्सेको डेटा यस्तो छ

Mar 06, 2024 06:32 AM Merolagani

सुवास निरौला

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को विवरण अनुसार मंगलबार बिहानसम्म हितग्राही (डिम्याट) खाता खोल्ने लगानीकर्ताको सङ्ख्या ६२ लाख २ हजार ३ सय ६० पुगेको छ।

प्राथमिक शेयर निष्कासनमा आवेदन दिन भन्दै यति धेरै खाता खुलेका हुन्। जुन मुलुकको जनसङ्ख्याको करिब २२ प्रतिशत हो। पछिल्लो जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। जनसङ्ख्याको तुलनामा डिम्याट खाता २१.२६ प्रतिशत हुन्छ।

मुलुक भित्रका २५ प्रतिशत जनता शेयर बजारमा आबद्ध हुँदै गर्दा दोस्रो बजारमा कारोबार गर्ने भने आधाले नै कम छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उपलब्ध गराएको तथ्याङ्क अनुसार डिम्याट खाता खोल्नै सबै दोस्रो बजारमा अझै जोडिएका छैनन्। नेप्सेका अनुसार अहिले उसको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा १९ लाख २ हजार ७ सय ३४ लगानीकर्ता जोडिएका छन्। जुन डिम्याट खाताको तुलनामा ३०.६७ प्रतिशत मात्रै हो। अझै दोस्रो बजारमा ४२ लाख भन्दा बढी लगानीकर्ता आबद्ध हुनै बाँकी छ। जुन ६९.३२ प्रतिशत हो।

दोस्रो बजारमा जोडिएका १९ लाख २ हजार ७ सय ३४ लगानीकर्ता सबै नियमित कारोबारी होइनन्। उनीहरूले एक पटक मात्रै शेयर कारोबार गरेका हुन्। जुन प्राथमिक शेयर बिक्रीको लागि प्रयोग भएको नेप्सेले जनाएको छ।  

दोस्रो बजार बढेको र घटेको बेलामा शेयर कारोबार गर्ने लगानीकर्ताको सङ्ख्यामा घटबढ भई रहन्छ। नेप्से बढेको बेला शेयर कारोबार गर्ने बढ्ने गरेका छन् भने घटेको बेला कारोबार गर्ने घट्ने गरेका छन्। बजार बढेको बेला एकै दिनमा १ लाख ५० हजारसम्म लगानीकर्ताले शेयर किनबेच गर्ने गर्छन् भने शेयर बजार घटेको बेला त्यो सङ्ख्या स्वाट्टै घट्ने गर्छ। बजार घटेको बेलामा शेयर किनबेच गर्नेको सङ्ख्या २५ हजारमा झर्ने गरेको छ। जुन शेयर कारोबार गर्न भन्दै नेप्सेमा दर्ता भएका लगानीकर्ताको तुलनामा बजार बढेको बेला ७.८८ प्रतिशत लगानीकर्ताले कारोबार गर्छन् भने घटेको बेलामा १.३१ प्रतिशतले मात्रै शेयर कारोबार गर्छन्। तर औसतमा भने ५० हजार लगानीकर्ताले नियमित शेयर कारोबार गर्ने गरेका छन्। जुन नेप्सेमा दर्ता भएका लगानीकर्ताको तुलनामा ७.८८ प्रतिशत मात्रै रहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए।

प्राथमिक शेयर बजारमा जसरी लगानीकर्ता ओइरिएका छन्। त्यस अनुसार दोस्रो बजारमा एक्टिभ लगानीकर्ता अझै बढ्न सकेका छैनन्। एक्टिभ लगानीकर्ता नबढेकै कारण मूल्यमा थप प्रतिस्पर्धा हुन सकेको छैन भने सूचक समेत दबावमा पर्ने गरेको छ। शेयर सूचक बढेको बेलामा एक्कासी लगानीकर्ता बढ्ने तर घटेको बेलामा भने एक्कासी लगानीकर्ता घट्ने गरेका छन्। जसले बजारलाई अत्यधिक भोलाटाइल गराउने गरेको छ।

साेमबार मात्रै तीन पटक सकारात्मक सर्किट लागेर ६ प्रतिशतको वृद्धि कायम गर्दै बन्द भएको शेयर बजारमा भोलिपल्टै पहिरो गयो। मंगलबार मात्रै शेयर सूचक ७०.३१ अंकले घट्यो। जुन ३.३८ प्रतिशत हो। सोमबार बजार १ सय १७ अंकले बढेको थियो। बजारमा नियमित कारोबारी कम भएकै कारणले तीव्र उतार चढाव देखिएको हो।

नेपालको शेयर बजारलाई औसत ५० हजार लगानीकर्ताले चलायमान गराउँदै आएका छन्। जुन निक्कै कम हो। अप्रत्याशित उतार चढावका कारण पनि दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता नियमित हुँदैनन्। धेरै जसो दोस्रो बजारलाई नै पेसा बनाउने भन्दै भित्रिएका लगानीकर्ता समेत निश्चित अवधिपछि दोस्रो बजारबाट पलायन हुने गरेका छन्। दोस्रो बजार घट्न थालेपछि घटेको घट्यै हुने र बढ्न थालेपछि बढेको बढ्यै हुने प्रवृत्ति नेपाली शेयर बजारमा बारम्बार दोहोरिने गर्छ। त्यस्तो अवस्थाको मेसो नपाउने लगानीकर्ता दोस्रो बजारमा घाटा खाएर पलायन हुने गरेका छन्।

अर्को तर्फ दोस्रो बजारमा किनबेच गर्ने थप औजार नभएका कारण पनि दोस्रो बजार भित्रिएका लगानीकर्ता टिकाउ हुन नसकेका हुन्।     

comments powered by Disqus

अर्थमन्त्रालयमा पुन, गृहमा रवि र रक्षामा विष्णु पौडेल कन्फर्म !

Mar 05, 2024 11:31 AM

सरकार विस्तारमा सबैभन्दा पेचिलो मानिएका अर्थमन्त्रालय र गृहमन्त्रालय कस्ले लिने भन्ने बारेको असमन्जस्यता हटेको छ । प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालबीच अर्थमन्त्रालय माओवादीले लिने र गृहमन्त्रालय रास्वपाले लिने आन्तरिक सहमती भएको ओली निकट एक नेताले मेरो लगानीलाई जानकारी दिए । यद्धपी यो सहमती औपचारिकरुपमा भने अझै गरिएको छैन ।