Ipo.aspx merolagani - बजार बढ्नेमा लगानीकर्ताहरु ढुक्क, छिटै नयाँ उचाई कायम गर्ने

बजार बढ्नेमा लगानीकर्ताहरु ढुक्क, छिटै नयाँ उचाई कायम गर्ने

Mar 11, 2024 06:18 PM Merolagani

निरन्तर रुपमा ओरालो लागेको शेयर बजार बढ्नेमा लगानीकर्ताहरु विश्वस्त हुने थालेका छन् । अर्थमन्त्री वर्षमान पुनले बजार सुधारमा सकृयता दिन थालेपछि लगानीकर्तामा आत्मविश्वास बढ्न थालेको हो ।

लगानीकर्ताहरु माओवादी पार्टीको विचार दर्शन बजार बिरोधी हुने हो कि भन्नेमा आशंका व्यक्त गरेका थिए । तर अर्थमन्त्री पुनले आफ्नो पद बहाली गर्दा देखि नै बजार प्रति सकारात्मक रहेको र बजार सुधारका लागि नीतिगत परिमार्जन गर्ने प्रतिकृया दिए ।

साथै, आइतबार अर्थमन्त्रालयले पूँजीबजार सम्बन्धित नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङलाई निर्देशन गरेको छ । अर्थमन्त्रालयले बजारमा देखिएका समस्या समाधान एवं विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सरोकारवालाहरुको राय समेत लिइ सात दिन भित्र कार्ययोजना पेश गर्न निर्देशन गरेको छ ।

अर्थमन्त्रलायको उक्त कदमलाई शेयर बजारका लगानीकर्ता खुला मनले स्वागत गरेका छन । निरन्तर रुपमा घटेको बजारमा अब बढ्ने आधार सहित आशावादी भएको लगानीकर्ताहरुको बुझाई छ ।

पदबहालीदेखि नै नवनियुक्त अर्थमन्त्रीकाे बजार प्रतिको दृष्टिकोणले लगानीकर्ताहरुमा सकारात्मकता बढाउने काम गरेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । पुनले बजार विकासको विषयमा बोलेका मात्रे छैनन् उनले कार्यभार समालेको तेस्रो दिन नै बजार सुधारको लागि राय सुझाव माग गर्दै सरोकारवाला निकायलाई निर्देशन गरेका छन् । अर्थमन्त्रीको उक्त कदमले बोलेर मात्र होइन काम गरेर देखाउने उत्साहा रहेको विश्वास जगाएको ढकालको बुझाई छ ।

यसरी अर्थमन्त्रीले बजार सुधारको काम गर्नेमा लगानीकर्ता विश्वस्त भएसँगै बजारको सूचकले पनि सकारात्मक गति समाउन थालेको छ । अर्थमन्त्री पुनले पदबाहाली गरेको दिन बुधबार नेप्से सूचक ९.३३ अंकले बढेर बन्द भएको थियो भने बिहीबार १३.५१ अंकले बढ्यो । फागुन २७ गते आइतबार बजार २२.१० अंकले बढेर बन्द भयो ।

लगानीकर्ता यसरी बजारमा बढ्नुको श्रय अर्थमन्त्रीलाई दिएका छन् । अर्थमन्त्री पुनले अन्य अर्थमन्त्रीले गफ मात्र होइन काम गर्ने सकृयता देखाएकाले लगानीकर्ताहरु ढुक्क भएको ढकालको भनाई छ ।

बजार बढ्नु पर्ने प्रशस्तै कारणहरुहरु हुँदा हुँदै गति समाउन सकेको थिएन । बजारमा लगानीकर्ता लगानी थाप गर्न डराइरहेको अवस्था थियो । बजार घट्नुको पछाडि नेपाल राष्ट्र बैंक नै मुख्य कारक रहेकाे लगानीकर्ता बुझाई छ । राष्ट्र बैंकको नीतिले शेयर बजार मात्र नभएर अर्थतन्त्रलाई चलाएमान बनाउन अप्ठेरो अवस्था सिर्जना गरेको छ । त्यसैले, अर्थमन्त्री पुनले नेपाल राष्ट्र बैंकसँग समन्वय गर्नुपर्ने लगानीकर्ताको बुझाई छ ।

बजार सुधारको लागि अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकले सिमा हटाउन पहल गर्नेुपर्ने लगानीकर्ताको माग छ । हाल नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ १५ करोड र संस्थागत तर्फ २० करोड कायम गरेको छ । त्यसैगरी शेयर कर्जा जोखिम भारपनि १२५ प्रतिशतबाट झारेर १०० प्रतिशतमा झार्नुपर्नेमा ढकालको जोड छ ।

राष्ट्र बैंकको परिपत्र मार्फत बैंक तथा वित्तीय सथालाई बजारमा लगानी गर्न गरिएको कडाईलाई खुकुलो गराउँदै अन्य संस्थागत लगानीकर्तालाई बजारमा भित्रनको लागि सहज वातावरणको निमार्ण गर्नुपर्ने ढकालको बुझाई छ ।

धितोपत्र सम्बन्धी नितिगत व्यवस्था लागु गर्न र भएका व्यवस्था कायान्वयनमा विलम्ब गर्दा पनि बजारको सुधार हुन सकेको छैन । ‘बजारसँग सम्बन्धित ब्रोकर कमिसन, कर, मार्जिन कर्जा, गैर आवासीय नेपालीलाई बजारमा भित्राउने लगायत बजारमा अन्य औजार भित्राउने देखि संस्थागत सुधारसम्बन्धी नीतिगत व्यवस्था अन्योल अवस्थामा छन् । उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन विलम्ब गर्न हुदैन,’ ढकालले भने ।

बजारमा नीतिगत सुधार अवश्यक छ । बजारसँग सम्बन्धित स्थिर नीतिहरु अबलम्बन गर्दै लगानीकर्ताको अत्मविश्वास बढाउने काम भएमा बजारले छिट्टै नयाँ उचाई कायम गर्ने ढकालको दाबी छ ।

comments powered by Disqus

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, २६ जनाले पाए थप एक कित्ता

Mar 08, 2024 10:05 AM

फागुन २५ गते, शुक्रबार, सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट भएको हो।