Ipo.aspx merolagani - अपर तामाकोशीको शेयर १८३ रुपैयाँ ६० पैसामा नै ‘फालाफाल’

अपर तामाकोशीको शेयर १८३ रुपैयाँ ६० पैसामा नै ‘फालाफाल’

Mar 13, 2024 11:29 AM Merolagani

अपर तामाकोशीको शेयर निरन्तर घटेर १८३ रुपैयाँ ६० पैसामा आइपुगेको छ । हिजो २०० रुपैयाँ भन्दा माथि कारोबार भइरहेको अपर तामाकोशीको शेयर मूल्य १० प्रतिशतले घटेर १८३ रुपैयाँ ६० पैसामा  आइपुगेको हो ।

तामाकोशीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ। आपूर्ति बढी भएकाले शेयरको मूल्य घट्न पुगेको हो ।

अपर तामाकोशीले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्रीमा ल्याएको थियो । सो शेयर खरिदका लागि पुस २९ गतेसम्म शिलबन्द बोलपत्र पेश गर्न सकिने व्यवस्था गरेको थियो । लिलामी ल्याएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको थियो । सो शेयर खरिद गर्न न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्ने र अधिकतममा कुनै हद तोकिएको थिएन । लिलाको कट अफ प्राइस एक सय ४७ रुपैयाँ आएको थियो। उक्त मूल्य भन्दा बजार मूल्य बढी आउनेले शेयर सप्लाई बढाइदिदा शेयरको मूल्य एकै दिनमा १० प्रतिशतले घटेको हो। लिलाममा शेयर किन्नेहरुले अहिले बुक गरिरहेका छन्। तर पहिले देखिनै शेयर हुनेहरु भने चर्को मारमा परेका छन्। 

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर मात्र बिक्री भएको थियो । बाँकी १ अर्ब २६ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर अपर तामाकोशी हाइड्रोपावरले लिलामीमा ल्याएको थियो ।

यसरी संकलित रकम कम्पनीले ऋण चुक्ता गर्ने र केही रकम भने कम्पनीले प्रबद्र्धन गरिरहेको रोल्वालिङ हाइड्रोपावरमा लगानी गर्ने जनाएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रुपैयाँ अंकित दरको हकप्रद शेयर निष्कासन गरेको थियो ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि.(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो शेयर अनुपातमा हकप्रद शेयर बापतको रकम शत प्रतिशत चुक्ता गरिसकेका थिए । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन् । कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने थियो ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रियबीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर रहेको छ । शेयर स्वामित्व अनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख÷२१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशतसाधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने थियो ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने थियो । लिलामीमा ल्याइएको शेयर बापतको रकम संकलन पछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

आपुर्ति कम हुने हुँदा सर्वाेत्तम सिमेन्टकाे मूल्य कति सम्म पुग्ला ?

Mar 11, 2024 06:15 AM

सर्वोत्तम सिमेन्टकाे सर्वसाधारणलाई निष्काशन गरेको शेयर गत शुक्रबार मात्रै बाँडफाँट भयो । सर्वोत्तम सिमेन्ट नेप्सेमा सूचीकरण भएपछि नेप्सेमा सिमेन्ट कम्पनीको संख्या ४ पुग्नेछ । हाल नेप्सेमा शिवम सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनरल्स गरी तीन वटा कम्पनी सूचीकृत छन् । अहिले सूचीकृत तीनै वटा कम्पनीहरु प्रिमियममा आइपीओ निष्काशन भएको थियो भने सर्वोत्तम सिमेन्ट भने बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन भएको हो ।