Ipo.aspx merolagani - सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो

Apr 03, 2024 10:55 AM Merolagani

चैत २१ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत सोमबार नयाँ रेकर्ड बनाएर मंगलबार घटेको सुनको मूल्यले, यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो। यस अघि गत सोमबार (चैत १९ गते) यस्तो सुनको मूल्य १ लाख ३१ हजार ६०० पुगेर रेकर्ड बनाएको थियो।

यस दिन तेजाबी सुन भने १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ। मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ।

comments powered by Disqus

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति?

Apr 03, 2024 10:12 AM

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SJLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गर्ने घोषणा गरेको छ।