Ipo.aspx merolagani - बाढीले क्षति पुर्याएपछि नोक्सानीमा पाँचथर पावर कम्पनी

बाढीले क्षति पुर्याएपछि नोक्सानीमा पाँचथर पावर कम्पनी

May 05, 2024 08:34 AM Merolagani

पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ करोड ५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत असार महिनामा आएको बाढीका कारण आयोजनालाई क्षति पुर्याएकोले सो महिनादेखि आयोजना बन्द रहेको र पुन निर्माण तथा मर्मत कार्य भइरहेको हुँदा आम्दानी हुन नसकेका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। बाढीले आयोजनाको सिभिल संरचना सहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्यूपमेण्ट समेतमा क्षति पुर्याएको र आगामी असार मसान्तसम्ममा पुन मर्मत कार्य सक्ने कम्पनीले लक्ष्य लिएको छ। कम्पनीले यस त्रैमासमा आम्दानी लसको बीमा बापत दाबी गरिएको रकम मध्ये प्राप्त भएको ८ करोड रुपैयाँ अन्य आम्दानीमा लेखाङ्कन गरिएको वित्तीय विवरणमा उल्लेख छ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus