चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ७८ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८० करोड ४२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १०.९७ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
विद्युत बिक्री आम्दानी र वित्तीय आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८५ पैसा घटेर ७ रुपैयाँ ८६ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५८.३१ गुणा रहेको छ।
७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित मुनाफा २ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ रहेको छ।