चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३४ लाख १६ हजार ऋणात्मकबाट १० लाख २० हजार रुपैयाँ धनात्मक भएको छ। त्यस्तै कम्पनीकाे अन्य आम्दानी २५ हजारबाट बढेर ३२ लाख ४४ हजार रूपैयाँ पुगेकाे छ। विद्युत बिक्री आम्दानी र अन्य आम्दानी बढेपछि कम्पनीको खुद नाफा धनात्मक हुन पुगेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ।
४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित नोक्सानी ४ करोड ८२ लाख रुपैयाँ रहेको छ।