चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६३ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा २ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १ करोड ८१ लाख रुपैयाँमा झरेको छ। वित्तीय खर्च घटेका कारण पनि कम्पनीकाे नाेक्सानी घट्न टेवा पुगेकाे हाे।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ २ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ५३ पैसा रहेको छ।
८० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित नोक्सानी १८ करोड ३ लाख रुपैयाँ रहेको छ।