Ipo.aspx merolagani - विद्युत बिक्री आम्दानी बढेपछि सुपर मादीको नाफा धनात्मक

विद्युत बिक्री आम्दानी बढेपछि सुपर मादीको नाफा धनात्मक

May 05, 2024 09:38 AM Merolagani

सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ भने नाफा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि धनात्मक हुन पुगेको हो।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ करोड ३२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९४ करोड ५५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। कम्पनीले २०७९ चैत २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १ करोड २ लाख रुपैयाँबाट बढेर ५६ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६८ पैसा ऋणात्मकबाट ५ रुपैयाँ ७३ पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपेयाँ १६ पैसा रहेको छ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १० करोड ८४ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus