Ipo.aspx merolagani - विद्युत बिक्री आम्दानी बढेपछि अप्पर साङ्गे हाइड्रोपावरको नोक्सानी घट्यो

विद्युत बिक्री आम्दानी बढेपछि अप्पर साङ्गे हाइड्रोपावरको नोक्सानी घट्यो

Aug 09, 2024 08:59 AM Merolagani

अप्पर साङ्गे हाइड्रोपावर लिमिटेड (USHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ भने नोक्सानी घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८९.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३ करोड १० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको नोक्सानी ५ करोड ८ लाख रुपैयाँबाट घटेर १ करोड ७३ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८३.६६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११३.४३ प्रतिशत बढेको छ।

२२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ९ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५८ रुपैयाँ ४१ पैसा रहेको छ।

comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।