Ipo.aspx merolagani - युनाइटेड मोदीको नाफा उल्लेख्य बढ्यो

युनाइटेड मोदीको नाफा उल्लेख्य बढ्यो

Aug 17, 2023 10:37 AM Merolagani

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १६.०९ प्रतिशत बढेर २९ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले विद्युत बिक्री मार्फत २५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७.२२ प्रतिशत बढेको छ भने अन्य आम्दानी ६१.५९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २४.१३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ २७ पैसा बढेर २ रुपैयाँ ५४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ।

१ अर्ब २३ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ करोड ८० लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।