Ipo.aspx merolagani - गत वर्षको मंसिरदेखि विद्युत उत्पादन सुरु गरेको पिपुल्स पावरको वित्तीय अवस्था कस्तो?

गत वर्षको मंसिरदेखि विद्युत उत्पादन सुरु गरेको पिपुल्स पावरको वित्तीय अवस्था कस्तो?

Aug 17, 2023 01:02 PM Merolagani

पिपुल्स पावर लिमिटेड (PPL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले ६७ लाख ६२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी २४ लाख ६१ हजार रुपैयाँ थियो।

कम्पनीले गत वर्षको मंसिर महिनादेखि विद्युत उत्पादन थालेको थियो। असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। विद्युत बिक्री मार्फत आम्दानी गरेपनि वित्तीय खर्च र ह्रासकट्टी खर्च बढेका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ९२ पैसा रहेको छ।

६३ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

सबैलाई शेयर परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

Jan 07, 2024 01:31 PM

आवेदन गर्ने सबैलाई परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।