अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्रीमार्फत १४ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्ष १३ करोड ५ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२.२७ प्रतिशत घटेको हो।
विद्युत बिक्री आम्दानी घटेपछि कम्पनीको नोक्सानी बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ५ करोड ५८ लाख पुगेको छ।
३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ९५ पैसा रहेको छ।