Ipo.aspx merolagani - खानी खोला हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, नोक्सानी बढ्यो

खानी खोला हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, नोक्सानी बढ्यो

Aug 11, 2024 06:45 AM Merolagani

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अुनसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्रीमार्फत १४ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्ष १३ करोड १७ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६.६४ प्रतिशत घटेको हो।

विद्युत बिक्री आम्दानी घटेपछि कम्पनीको नोक्सानी बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २ करोड ६३ लाख पुगेको छ।

४६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ९ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ८१ पैसा रहेको छ।

comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।