Ipo.aspx merolagani - विद्युत बिक्री आम्दानी घटेपछि बरुण हाइड्रोपावरको नाफा घट्यो

विद्युत बिक्री आम्दानी घटेपछि बरुण हाइड्रोपावरको नाफा घट्यो

Aug 13, 2024 04:53 AM Merolagani

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले, गत आर्थिक वर्षको अन्त्यसम्ममा ३४ लाख ९२ हजार रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९५.६२ प्रतिशत कम हो। कम्पनीको हेवाखोला साना जलविद्युत आयोजनामा २०८० असार २ गतेको बाढीले पूर्ण क्षति पुर्याएको र २०८१ असार २१ गतेदेखि मात्र निर्माण सम्पन्न गरी सञ्चालन भएको हुँदा विद्युत बिक्री आम्दानी घट्न पुगेको हो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९७.३१ प्रतिशत घटेर ३ लाख १ हजार रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको गैर सञ्चालन आम्दानी २९५.७७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९.६५ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ४६ पैसा रहेको छ। ५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६ करोड १४ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।