Ipo.aspx merolagani - हकप्रद शेयर निष्काशनमा रहेको हिमालय उर्जाको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा कति?

हकप्रद शेयर निष्काशनमा रहेको हिमालय उर्जाको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा कति?

Aug 12, 2024 04:22 AM Merolagani

हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत २६ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षमा २७ करोड ५६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३.०७ प्रतिशत बढेको हो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी १५ करोड ३५ लाख रुपैयाँबाट घटेर १४ करोड ९१ लाख रुपैयाँमा झरेको छ।

आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८ करोड ३ लाख रुपैयाँबाट बढेर ३३ करोड २९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२ करोड १६ लाख रुपैयाँबाट २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

गत साउन २४ गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको यस कम्पनीको चुक्ता पूँजी हाल ९९ करोड रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोष ३३ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६६ रुपैयाँ ६० पैसा रहेको छ।

comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।